मुक्तक
पर्खदा पर्खदै तीनै प्रहर जागेर गयो,
मुटु नहुने'कै पछि दिल
लागेर गयो ।
भुल्नै पर्ने सत्यता छ मन मान्दैन,
त्यसैले म देखि जाँगर भागेर गयो ।।
भुल्नै पर्ने सत्यता छ मन मान्दैन,
त्यसैले म देखि जाँगर भागेर गयो ।।
तिम्रो त्यो हार्दिकता भित्र धारिलो धार रहेछ,
मुखले कामना मनमा काँडे तारको बार रहेछ ।
सत्य छर्लङ्ग भए'नि के गर्न सक्छु यहाँ म,
स्वीकार्छु म यहि नै मेरो भागको प्यार रहेछ ।।
तिम्रो त्यो खाली सिउँदो यहि हातले भर्न पाए,
तिम्लाई बिज्या पीडाहरु माया हाली हर्न पाए ।
भाग्यमानी बन्थे होला सार्थक हुन्थ्यो जीवन,
तिमीसँगै यात्रा नाप्दै तिम्रो काखमा मर्न पाए ।।
तिम्लाई बिज्या पीडाहरु माया हाली हर्न पाए ।
भाग्यमानी बन्थे होला सार्थक हुन्थ्यो जीवन,
तिमीसँगै यात्रा नाप्दै तिम्रो काखमा मर्न पाए ।।
0 comments