परदेशीको सपना
क्याक्टस फूल्ने देशमा
तिम्रै सम्झनाका तापले
मोतीका ढिक्काहरु पग्लिएर
परेलीको किनार हुँदै
शिरानी भिजाउन पुग्छन्
म-
त्यहि आँशुका भेलमा पौडिदै
सुन्दर भोलीको सपना देख्ने गर्छु ।
मेरो सपना भित्र
म मात्र छैन हामी छौ ।
जहाँ अभाव, विछोड केही छैन
छ त केवल
खुशीनै खुशी अनि हाम्रो सामिप्यता ।
प्यारी म त
सपनाको खुराक खाएर
बलियो भएको छु ।
दिन थाकेर रातमा
रात थाकेर दिनमा
आलो पालो गर्दैै विश्राम गर्छ
तर म भने
कहिल्यै थाकेको छैन ।
अहोरात्र
सपनालाई उकेरा दिने गर्छु ।
हो प्यारी
म छिट्टै हाम्रो सुन्दर भोलि लिएर
स्व–देश फिर्नेछु ।।
तिम्रै सम्झनाका तापले
मोतीका ढिक्काहरु पग्लिएर
परेलीको किनार हुँदै
शिरानी भिजाउन पुग्छन्
म-
त्यहि आँशुका भेलमा पौडिदै
सुन्दर भोलीको सपना देख्ने गर्छु ।
मेरो सपना भित्र
म मात्र छैन हामी छौ ।
जहाँ अभाव, विछोड केही छैन
छ त केवल
खुशीनै खुशी अनि हाम्रो सामिप्यता ।
प्यारी म त
सपनाको खुराक खाएर
बलियो भएको छु ।
दिन थाकेर रातमा
रात थाकेर दिनमा
आलो पालो गर्दैै विश्राम गर्छ
तर म भने
कहिल्यै थाकेको छैन ।
अहोरात्र
सपनालाई उकेरा दिने गर्छु ।
हो प्यारी
म छिट्टै हाम्रो सुन्दर भोलि लिएर
स्व–देश फिर्नेछु ।।
0 comments