तीन मुक्तक

सस्तो कहानीको पात्र भाछु,
उपनामको बज्र खापी राछु ।
र पनि हार मान्दै मान्दिन, 
किनकी शिखरको यात्रामाछु ।।

किन नाच्यौ ताण्डव नृत्य महाकाली,
हजारौका सपनाहरु बगे हेर यसपाली !
हाम्रो देशमा नेतामात्र जाली छ भन्थे,
मेरो यो अन्दाज'नै गयौ तिम्ले ढाली ।।

खै म आफै हुँ कि मेरै रहर हो उस्तो, 
जिन्दगी लाग्दैन खै जिन्दगी जस्तो । 
थाहा छ अब फेरि मिलन हुन्न हाम्रो,
फेरि पनि उसैलाई खोज्ने मन कस्तो ।।


0 comments

Post a Comment