तीन मुक्तक
विश्वास
गरेँ धेरै मैले निर्मोहीको बातलाई,
गुन गरेँ जिन्दगीमा गुनै भूल्ने जातलाई ।
जति गरेँ ब्यर्थै गरेँ लाग्न थाल्यो अचेल,
राम नाम जपे पनि छुरा बोक्ने हातलाई ।।
खोक्न पायो भन्दैमा धेरै त नखोक्नु है साथी,
चरित्र त एउटै असल दोहोरो नबोक्नु है साथी ।
यहाँ पवन पानी आगो सबैमा दैविक शक्ति छ,
पूण्यका लागि धामकै पत्थर नढोग्नु है साथी ।।

हिलाम्य छन् सपना ओबानो बनाउँछु,
सिर्जनामा सधैं म उपस्थित जनाउँछु ।
यस्तै रैछ जिन्दगी भोगाईका के कुरा,
आफ्नै मन छलेर खुशीयाली मनाउँछु ।।
0 comments