कविता- अल बिदा

विश्वास बलात्कृत हुने
तिम्रो शरहमा
मलाई रोकिनु छैन ।
केहि चेत हुनु–ले
तिम्रा हरेक गल्तिहरुमा
म ताली बजाउन सक्दिन ।

आफ्नो कालोलाई
अभिनय चार्तुयताले छोपेर
पानी माथिको ओबानो बन्ने
तिम्रा हरेक जीजिवीषाहरु
आफैमा अबैध छन् ।
तिम्रो असली रुपको
दर्पण छर्लङ्ग भएको बेला
तिमी आफैले विश्वासको हत्या गरेको बेला
तिमी प्रति मैले
निमेश भर विश्वास बचाउनु पनि
आत्मघाती हुने छ ।

त्यसैले आजैबाट
हाम्रो यात्रामा
दोबाटो ल्याउँदै छु ।
एक धर्सो यो जिन्दगीमा
मैले गर्नु पर्नै धेरै छन्
तिम्रो सामिप्यले
मेरो लक्ष्यमा पर्दा हाल्ने छ
पाईला पाईलामा गतिरोध ल्याउँने छ
तसर्थ म
तिम्रो शहरबाट बाहिरीदै छु
कहिल्यै पनि नफर्कने बाटो
अल बिदा तिमीलाई ।।

0 comments

Post a Comment