तीन मुक्तक

प्रकृती र पित्रीलाई सलाम,
शान्तीदुत बुद्धलाई सलाम ।
आफ्नै भाषा भेष बचाउने,
कर्मठिला मनलाई सलाम ।। 

सुवास बिना फूलहरु फुल्न थाले अचेल
,
आदमखोर भै मान्छे डुल्न थाले अचेल । 
जताततै बलियाकै हैकम चल्न थालयो,
मान्छेहरु मानवतानै भुल्न थाले अचेल ।।

झुटको खेती फलाउन जब दिलकै बस्ती सार्‍यौ,
एउटा सुन्दर प्रेमको बगैचा उजाड उजाड पार्‍यौ । 
जित्नुको के अर्थ हुन्छ यहाँ विश्वास गुम्छ भने, 
मैले हारेर पनि जिते तिम्ले जितेर पनि हार्‍यौ ।।

0 comments

Post a Comment