कान्छाको उकाली ओराली र अन्योलको मन्दिर
ओखलढुङङ्गा र खोटाङ्गबाट पसिनाको व्यापार गर्न रेगिस्तानी भूमी ओर्र्लिएका पूर्ण कान्छा गुरुङ्ग र लेख कार्की अन्योलले फरक पहिचान बनाएका छन् । पसिना बेचेर जगेडा समयको सदुपयोग गर्दै नेपाली भाषा साहित्यमा खर्चनुले गजलकारद्धयलाई नेपाली श्रमिक भन्दा फरक पहिचान दिलाएको छ । नेपाली साहित्य भण्डारमा कान्छाले गजल संग्रह उकाली ओराली र अन्योलले मन्दिर थपेकाछन् ।
कान्छाले केहि महिनाअघि नेपालमा र अन्योलले हालै अनेसास–नवोदित वाचन श्रृंखलाको ३२ औं डवलीमा कृतिलाई सार्वजानिक गरेका हुन् । फारसी, उर्दु, हिन्दी हुँदै नेपाली भाषामा छिरेको आयातित बिधा गजलले कैयौ बिसौनीहरु पार गरेर पछिल्लो समयमा लेखन तथा प्रकाशनको हिसावले अग्रस्थान बनाएको छ ।
उकाली ओरालीमा कान्छाले एकसय तीस गजललाई एकसय अठ्चालीस पेजभित्र समेटेका छन् । शब्दहार क्रियसनले प्रकाशन गरेको गजल संग्रहको मूल्य ने.रु. १५०/-, युएस ५/- डलर रहेको छ ।
मनभरि अनगिन्ती सपनाहरुको बिस्कुन लगाउ‘ंदै सपनालाई यर्थाथमा परिणत गर्न लिखु, सुनकोशीबाट हेलिएर अरबियन खाडीसम्मको यात्रा तय गरेका कान्छाले जिन्दगीका आरोह अबरोहलाई यसरी उकाली ओरालीमा उतारेकाछन् ।
“तीन बर्ष बिति सक्यो छुट्टी कहिले पाउँला भन्दै,
परदेशमा जुनी बित्यो आफ्नो घर जाउँला भन्दै ।”
माथीका गजलमा उनले परदेशमा श्रम बेच्नेहरुका घरदेश फर्कने साईत नजुर्दाको अवस्थाबारे बोलेकाछन् । घरदेशमा पुगेपछि पुरा गर्ने रहरहरु परदेशीमा हुनु–ले थॉंती राख्नु परेको बिलौना खिपेकाछन् ।
“नयॉं बाटो चाल्न सक्छौ हामी मिलेपछि,
नयॉं काम थाल्न सक्छौ हामी मिलेपछि ।”
नयॉं काम थाल्न सक्छौ हामी मिलेपछि ।”
एकले थुके सुक्छ सयले थुके जंघार रे । एकतानै बल हो । आत्मा सॉंक्षी राखेर होस्तेमा हैसे गर्ने हो भने असम्भब केहि हुन्न भनेर अझ छर्लङ्ग पार्न खोजेकाछन् माथीका गजलमा । देशमा व्याप्त अशान्ति, असुरक्षा र समयमा संविधान नबन्नुको पीडाले गलकारलाई नमज्जाले चिमोटेकोछ । यस्तै भावको एउटा गजल,
“आज भोली मेरो देश अन्योलमा परेको छ,
चढ्नु पर्ने उकाली ओराली पो झरेको छ ।”
चढ्नु पर्ने उकाली ओराली पो झरेको छ ।”
उकाली ओरालीभित्र तपाई हामी धेरैको भोगाई कैद छ । दुःख–सुख, आँसु–हाँसो, मिलन– बिछोड, चिन्ता–आक्रोश सबै भेटिन्छ । सबै खाले चरित्रको त्रिवेणी हु‘ंदाहुदै पनि केही गजलका केहि शेरहरुमा काफिया निर्माण गर्दा कान्छाले ख्याल नराख्नुले हल्का खल्लो लाग्न सक्छ । बॉंकी कान्छाले गरेको यो कार्यलाई सलामी दिनै पर्छ ।
मन्दिरमा अन्योलले एकहत्तर गजललाई चौरासी पेजभित्र कैद गरेकाछन् । प्रकाशक नव ज्योति बचत तथा ऋण सहकारी संस्था कतार र सह– प्रकाशक खोटाङ्ग सेवा समाज कतारको सहकार्यमा एकहजार एक थान प्रति प्रकाशन भएको संग्रहलाई हात पार्न नेपालमा ने.रु. १००/-, संस्थागत सहयोग १५०/- र कतारमा क. री. १०/- पर्ने छ ।
“ख्याल गरौ आजै नत्र देश सखाप हुन सक्छ,
बेलैमा नसोचे पछि पश्चाताप हुन सक्छ ।”
गएको मोती जयन्तिमा सन्ध्या ग्रुप मुग्लानी सौगातले आयोजना गरेको कतार व्यापी खुल्ला गजल प्रतियोगितामा प्रथम पुरस्कार दिलाउने यस गजलमा अन्योलले वर्तमान देशको अवस्थाको आलोचना गरेकाछन् । हालको परिस्थितीबाट देशलाई मुक्त नगरे यो काल खण्डलाई नेपालको इतिहासले कालो दिनमा सूचीकृत गर्ने चेतावनी गजलभरि उतारेकाछन् ।

गजलकार कतै कतै बिरत्तिएका भेटिन्छन् । नाता तोडेर जाने निर्मोहीलाई गजल मार्फत सान्दर्भिक उपदेश दिंदै सपनीमा नआउनु भनेर मीठो आग्रह गरेकाछन् । नहुनु पर्ने भई सक्यो । तसर्थ अब पछुताउनुको कुनै अर्थ रहन्न । हिजो जसरी आज या भोलि जोडेको नातालाई नतोडनु भनेर सुझाव दिएको गजल,
“सपनीमा नआउनु एक्लै छोडी सके पछि,
नपठाउनु याद अन्तै नाता जोडी सके पछि ।”
नजिकको तीर्थ हेला हुन्छ रे । आफ्नै सुन फल्ने फॉंटलाई बन्जर छाडेर रेगिस्तान या पराया भूमीमा मोती भेटिने फगत सपनाको भारी खेप्दै सस्तोमा श्रम बेच्ने लाखौ नेपाली समुदायलाई गतिलो प्रहार गरेकाछन्, खुदको रहर बनाएर । घर देशमा पसिना बगाउन हिच्किचाउने तर परदेशमा पसिनाको खोलो बगाएर रेगिस्तानलाई हराभरा बनाउ‘ंने तमाम हामी बहादुरलाई उक्तम सन्देश हुन सक्छ यो गजल,
“हलो जोत्छु किसान हु‘ं भन्न के को लाज ?
विदेश छाडी आफ्नै खेत खन्न के को लाज ?”
अन्योललाई परिस्थितीको नजर र भोगाईहरुले डसेपछि गहकिला गजलहरुको मन्दिर ठडिएको छ । सावधानी पूर्वक सरल भाषामा गजलका माला गुथेकाछन् गजलकारले । दुःख–सुख, आँसु–हाँसो, मिलन– बिछोड, चिन्ता–आक्रोश, सामाजिक संस्कृति– विकृती सबैका मिश्रणले माला तयार भएको छ । आक्षरिक लयलाई आधार मान्दै अन्योलले काफियाको प्रयोगमा निक्कै ख्याल गरेका छन् भने गजलमा तखल्लुसलाई प्रयोगमा ल्याएकाछन् । मन्दिर पवित्र र स्तरीय हुँदा हुदैपनि वियोगभासले अधिकतम स्थान पाउनु संग्रहको कमजोर पक्ष हुन सक्छ । बिट मार्दै गर्दा अन्योलले मन्दिरमा चढाएका एक शेर,
“आमाको ममता कस्तो हुन्छ पराइ काखमा बसेर हेर,
देशको माया थाहा हुनेछ तिमी’नि विदेश पसेर हेर ।”
–भानु सुनुवार
रामेछाप, रामपुर– ८, नेपाल
हाल : रेगिस्तानी बस्ति दोहा, कतार ।
0 comments