तीन मुक्तक

नजर लोभिन्छ फरक बन्छ आकृति अनि,
त्यसैले उजाड बन्छन् स्वर्णिम संसारपनि ।
जबसम्म बसमा रहदैन आफ्नै ज्ञानेन्द्रीय,
तिम्रो पिरतीले बिज्छ कतै नीलकाँडा बनि ।।

तिम्रो यादको पर्खाल नाघी जानै पर्छ अब,
तिमी देखि यो मन झिकी लानै पर्छ अब ।
तिम्रै यादमा जलिरहे जन्मनुको अर्थ छैन,
तिम्लाई भूल्न कसम मैले खानै पर्छ अब ।।

बैगुनीलाई गुणले हजुर रिझाउन सकिदैन,
पिरतीले रेटेपछि खुशी फिजाउन सकिदैन ।
जस्ले जे जे भनेपनि, चोखो माया गर्नेहरु,
याद बनेर निर्मोहीलाई बिझाउन सकिदैन ।। 

0 comments

Post a Comment