गीत– जिन्दगीमा

हर घुम्तिमा लडेँ कति यात्रा गर्दा जिन्दगीमा,
आँशु भेलमै बगे कति माया गर्दा जिन्दगीमा ।

साँचे भन्दा फरक भयो भोगाईका पाटो यहाँ,
जता–ततै खुशी डुल्ने, भेट्नु मैले बाटो कहाँ ?
आशा दुख्दा गले कति यात्रा गर्दा जिन्दगीमा,
आँशु भेलमै बगे कति माया गर्दा जिन्दगीमा ।

भोलीभोली भन्दै मैले मनमा कति पर्दा हाले,
फर्कि आउने बाटो हेर्दै, दोबाटो'मै जूनी फाले ।
आफ्नै रहर छले कति यात्रा गर्दा जिन्दगीमा,
आँशु भेलमै बगे कति माया गर्दा जिन्दगीमा ।।

0 comments

Post a Comment