तीन मुक्तक
तिम्रा कोमलता देखेर फेरि पग्लिएँ,
उस्ता उस्तै यी भोगाई हेरी पग्लिएँ ।
भोली जस्तो होला कल्पनामै आज,
दुईमुटूको एकै धड्कन् बेरी पग्लिएँ ।।
बिकोस् यहाँ, सधैं बोली तिम्रो,
उमंगले भरियोस् झोली तिम्रो ।
शुभ-कामना छ है, कोटी कोटी,
जयजयकार होस् भोली तिम्रो ।।
चाहना दोहोरो हुँदा पो त प्रेमिल यात्रा सहज हुन्छ,
समर्पण बराबर भएमात्र सम्वन्धले शिखर छुन्छ ।
म त देख्छु हिजो/आज माया स्वार्थमा निहित छ,
त्यसैले सायद प्रेमिलमनहरु यहाँ यात्राभरि रुन्छ ।।

0 comments