गजल
बिकोस् यहाँ सधैँ बोली तिम्रो,
नचुकोस् कहिल्यै गोली तिम्रो ।
मेरो त दुनियाँ उजाड भए'नि,
बसन्तिले भरोस् झोली तिम्रो ।
कालो पोतिएपनि मेरा दैनिक,
बनोस् सप्त रंङ्गी होली तिम्रो ।
शुभ–कामना भो कोटी कोटी,
जयजयकारहोस् भोली तिम्रो ।।
0 comments