तीन मुक्तक

बिकाउ छन् मान्छेहरु फाईदा'कै पछि झुम्छ,
मुखले राम-राम बगलीमा, छुरा बोकी घुम्छ ।
फगत'मै ! बन्छन् लोभी, घमन्डी यति सारो,
टिकाउ छैन हाम्रो चोला एकदिन सबै गुम्छ ।।

बिपनीमा बोली बार्दै, सपनीमा किन धाउँछौ,
पराईको हात थामेर मेरो गीत किन गाउँछौ ।
तिम्लाई के थाहा कुन हालमा जिउँदो'छु म,
वाध्यताको कैदीलाई तड्पाएर के नै पाउँछौ ।।

त्यो तिम्रो मौनतालाई तोड्न पाए जिन्दगीमा,
जन्मजन्म तिम्रै दिल गोड्न पाए जिन्दगीमा ।
सार्थक हुन्थ्यो होला धरतीमा मैले जन्मनुको,
एकै धड्कन पार्न मुटू जोड्न पाए जिन्दगीमा ।।  

0 comments

Post a Comment