तीन मुक्तक
सकिन तिम्रै दिलमा ठाँउ बनाउन,
हामी ओतिने सुन्दर गाँउ बनाउन ।
सस्तो भएँ सायद तिम्रा देखाईमा,
दुर्भाग्य मेरो सकिन भाउ बनाउन ।।
आशा गल्दापनि अचेल जीवन चल्दैछ,
चर्मचक्षुमा नविन सपना फेरी फल्दैछ ।
भोगाईले खुदकै पो माया गर्नु भन्नुले,
सारा बाधा अड्चनहरु एकाएक ढल्दैछ ।।
आफ्नै स्वार्थका लागि देशमा कति बम बारुद पड्काउँछौ,
बनाउनु त परै जाओस् बनेकालाई किन अझै भत्काउँछौ ।
मातृभूमी संक्रमणको बाटो भएर यात्रा गरेको यो घडीमा,
होस्तेमा हैँसे गर्न छाडी बहिष्कार भन्दै किन अड्काउँछौ ।।

0 comments