गीत– मित्र
फूलेसी झर्नुको नियती भित्र,
झुटकै खेती किन गर्छौ मित्र ।
टिकाउ के छ र जुगौ–जुग धान्ने,
माथीहुन अरुको खुट्टा किन तान्ने ।
दया र मायाले मन पार्नु पवित्र,
अजम्बरी हुने त माया हो मित्र ।
फुटेर यो धरती सखाप नपारौ,
जुटेर यै हातले धरती सिंगारौ ।
इतिहासले बोल्छ हाम्रो चरित्र,
कर्मले बचाउँछ इतिहास मित्र ।।
झुटकै खेती किन गर्छौ मित्र ।
टिकाउ के छ र जुगौ–जुग धान्ने,
माथीहुन अरुको खुट्टा किन तान्ने ।
दया र मायाले मन पार्नु पवित्र,
अजम्बरी हुने त माया हो मित्र ।
फुटेर यो धरती सखाप नपारौ,
जुटेर यै हातले धरती सिंगारौ ।
इतिहासले बोल्छ हाम्रो चरित्र,
कर्मले बचाउँछ इतिहास मित्र ।।
0 comments