तीन मुक्तक

अल्लारेको पिरतीमा नफसेकै राम्रो,
निर्मोहीलाई पर्खिएर नबसेकै राम्रो ।
फेशन भो मायापनि धर्तीमा आज,
नाता गाँस्न कम्मर नकसेकै राम्रो ।।
जस्ले माया बुझ्छ जतनपनि गर्छ,
नबुझ्नेले पिरतीमा सधैँ बिष भर्छ ।
रहरमाथि जसै प्रभाव पार्छ बिषले,
मौलिदो सपनाहरु ओईलिएर झर्छ ।।

मान्छेको जातै उस्तो आफै महान ठान्छ,
सजिलोकालागि सधैं गलत बाटो छान्छ ।
जस्ले यहाँ जति गरोस्, जाने एउटै बाटो,
मानवतालाई पाखापारी अरु लुटी खान्छ ।।

0 comments

Post a Comment