तीन मुक्तक
नफर्किनेलाई कुर्दै बस्ने बानी लाग्यो,
अरु काखा मै पाखा गर्ने दानी लाग्यो ।
उस्कोलागि म त आँखाकै कसिङगर,
मलाई भने उ आँखाको, नानी लाग्यो ।।
हिजो आज बोलीनै बारेकीछिन् उनले,
अर्को मिल्दा माया मारेकीछिन् उनले ।
नौलो साथ, संसार, खुशी होलिन् उता,
बाँचौ कि मरौ यता पारेकीछिन् उनले ।।
थाक्या बेला हौसला थप्ने खुशी हुँदा रमाउने,
कोहि यस्तो साथी होस् लड्न लागे समाउने ।
कहाँ कहाँ पुग्नु पर्छ, यात्रा पो हो जिन्दगानी,
जुन भुगोलमा रहेपनि चोखो माया जमाउने ।।
अरु काखा मै पाखा गर्ने दानी लाग्यो ।
उस्कोलागि म त आँखाकै कसिङगर,
मलाई भने उ आँखाको, नानी लाग्यो ।।
हिजो आज बोलीनै बारेकीछिन् उनले,
अर्को मिल्दा माया मारेकीछिन् उनले ।
नौलो साथ, संसार, खुशी होलिन् उता,
बाँचौ कि मरौ यता पारेकीछिन् उनले ।।
थाक्या बेला हौसला थप्ने खुशी हुँदा रमाउने,
कोहि यस्तो साथी होस् लड्न लागे समाउने ।
कहाँ कहाँ पुग्नु पर्छ, यात्रा पो हो जिन्दगानी,
जुन भुगोलमा रहेपनि चोखो माया जमाउने ।।
0 comments