गजल

घाम र पानी जति पर्छ, झैल्छु अझै पनि,
आकार दिन यो जिन्दगी पेल्छु अझै पनि ।

खुकुरीभै रेट्यो तिम्ले सिङ्गो सपना मेरो,
धुजै–धुजा सपना जोड्न, बेल्छु अझै पनि ।

तिम्रो घातमा तुफान यात्रा, रोकिदैन अब,
भव सागर माथि पाईला, हेल्छु अझै पनि । 

सागरबाट मोति झिकि, ल्याउँनै पर्छ मैले,
जरुरतमा ज्यानकै बाजि खेल्छु अझै पनि ।।

0 comments

Post a Comment