तीन मुक्तक
आशावादी छु र पो, जिन्दगी चलेकोछ,
पाखुरी चलाउँछु अनि, चुल्हो बलेकोछ ।
स्विकारेँ तिम्रो घातलाई भाग्य सम्झि,
त्यसैले हर मौषम सफलता फलेकोछ ।।
कति मान्छे ! भौतारिन्छन्, बाटो नचिनेर,
हामी जस्तै परदेश लाग्छौ, माटो नचिनेर ।
भोगाईभित्र यहाँ कति जिवन दुखेकाछन्,
आफ्नो वशको खुशी फूल्ने, पाटो नचिनेर ।।
टाम्सिएको घाऊ फेरि, तिम्ले बल्झाई दियौ,
फूल सम्झेँ मैले तिम्लाई, तिमी काँडा थियौ ।
तिम्ले पाईला मोड्छु भन्दा बिम्ती गर्दै रोएँ,
कान्छी तिम्ले मेरो आँसु पानी सम्झि पियौ ।।
0 comments