गीत– सम्वन्ध

मलाई पीडा दिने माया, तिमी सधैँ हाँस्नु,
जता मिल्छ बढि खुशी त्यतै नाता गाँस्नु ।

त्यो संघार नाधेर गयौ जंधार तरेर गयौ,
जाँदा जाँदै यो दिलमा, बेदना छरेर गयौ ।
सीमा भुल्ने झेली रहर सकेजति छाँस्नु,
तबमात्र जिन्दगीमा मनको नाता गाँस्नु ।

दिलमा राखे माया गरेँ, मेरो खुशी सेर्र्यौ,
न त बन्यौ अजम्वरी, न त चोला फेर्र्यौ ।
अरु लुटी बाँच्छु भन्ने, गलत चाह मास्नु,
कपट रहित अजम्वरी दिगो नाता गाँस्नु ।।

0 comments

Post a Comment