गीत– किन होला
टाल्न खोज्छु पीर ब्यथा आँसु बनि बग्छ,
किन होला मलाई यहाँ भोगाईलेनै ठग्छ ।
मोति खोज्छु यै ज्यानले भन्थ्यो सागरमा,
कुन पापी-को आँखा लाग्यो मेरो जाँगरमा ।
जूनको तारा छुन्छु भन्थे पुगि आकाशमा,
मन-को रहर हल्का बन्दै, उड्यो बतासमा ।
सधैं आशा जम्न खोज्दा, बेचैनीले गाल्छ,
थोरै खुशी मिल्दा पनि दुख्ने, डरले फाल्छ ।
पाईलाभरि आफ्नै रहर कोल्टे फेर्दै रुन्छ,
यस्तो बेला जिन्दगानी कहाँ प्यारो हुन्छ ।।
किन होला मलाई यहाँ भोगाईलेनै ठग्छ ।
मोति खोज्छु यै ज्यानले भन्थ्यो सागरमा,
कुन पापी-को आँखा लाग्यो मेरो जाँगरमा ।
जूनको तारा छुन्छु भन्थे पुगि आकाशमा,
मन-को रहर हल्का बन्दै, उड्यो बतासमा ।
सधैं आशा जम्न खोज्दा, बेचैनीले गाल्छ,
थोरै खुशी मिल्दा पनि दुख्ने, डरले फाल्छ ।
पाईलाभरि आफ्नै रहर कोल्टे फेर्दै रुन्छ,
यस्तो बेला जिन्दगानी कहाँ प्यारो हुन्छ ।।
0 comments