तीन मुक्तक

अरुका खुशी-मा बार नबन्नु,
जिन्दगीनै रेट्ने धार नबन्नु ।
सबै सँग हुन्छ हाँस्ने चाहना,
खुशीयाली हर्ने प्यार नबन्नु ।।

सजाएर राखेको’थे दिलको कुनैमा,
कहाँ पुगि गल्ति गरेँ बाँच्ने धुनैमा ।
किन होला दोबाटोमा छुटौ भनिन,
स्वार्थ हो या माया हो, धर्म उनैमा ।।

तिम्रो यादको पर्खाल नाघी जानै पर्छ अब,
तिमी देखि यो मन झिकी, ला'नै पर्छ अब ।
तिम्रैयादमा जलिरहे जन्मनुको अर्थहुन्न,
तिम्लाई भूल्ने कसम मैले खानै पर्छ अब ।।

0 comments

Post a Comment