गजल

बाचा गर्दै कसम तोडि, चुक्ने तिमी हौ,
मायागर्ने मान्छेलाई’नै थुक्ने तिमी हौ ।

भ्रमको खेती गर्नुहुन्न भन्दै थिए म त,
पिरतीको मीठा बखान भुक्ने तिमी हौ ।

जूनीभरि सधै न्यानो साथ दिन्छु भन्दै,
ती हात जोडी मेरे सामु झुक्ने तिमी हौ ।


तिम्रो कुरा माने मैले, स्वार्थ पुरा भयो,
बहानाले आलटालगर्दै लुक्ने तिमी हौ ।

फूलकोपनि धार हुन्छ बल्ल थाहा भो,
मेरो खुशी लुट्न बाटो, ढुक्ने तिमी हौ ।।

0 comments

Post a Comment