गजल
ईश्वर तेरो र मेरोमा भाग लगायो मान्छेले,
धर्मको नाममा मानवता भगायो मान्छेले ।
मुन्धुम बाईवल कुरानले भन्दैन पाप गर्नु,
धर्ती माथि पापको बीज, मगायो मान्छेले ।
सीमाना कि ! जात र धर्म, यस्तै बहानामा,
मान्छेमान्छे बिच बैरित्व जगायो मान्छेले ।
पापी लोभी मान्दिन म, ईश्वरका सन्तान,
जित्ने लोभमा रातोखोला बगायो मान्छेले ।।
धर्मको नाममा मानवता भगायो मान्छेले ।
मुन्धुम बाईवल कुरानले भन्दैन पाप गर्नु,
धर्ती माथि पापको बीज, मगायो मान्छेले ।
सीमाना कि ! जात र धर्म, यस्तै बहानामा,
मान्छेमान्छे बिच बैरित्व जगायो मान्छेले ।
पापी लोभी मान्दिन म, ईश्वरका सन्तान,
जित्ने लोभमा रातोखोला बगायो मान्छेले ।।
0 comments