तीन मुक्तक

पाईला पाईलामा घातको औंसी, झरेको बेला,
झिलीमिली के काम संन्तापमा, परेको बेला ।
अर्थहिन बनेर खेरो जान्छ उत्साह उमंगहरु,
कसरी देखौँ रंगीन सपना आशै मरेको बेला ।।

छुट्नु पर्ने साथ यहाँ नभेटे'कै जाति,
अतितबाटै सिक्नुपर्छ नमेटेकै जाति ।
सबको रहर हुन्छ हाँसी हाँसी बाँच्ने
आश देखाई सपनाहरु नरेटेकै जाति ।।

बिकाउ छन् मान्छेहरु फाईदाकै पछि झुम्छ,
मुखमा रामराम बगलीमा छुरा बोकी घुम्छ ।
फगत'मै बन्छन् लोभी घमन्डी, यति सारो,
टिकाउछैन हाम्रो चोला एकदिन सबै गुम्छ ।।
   

0 comments

Post a Comment