तीन मुक्तक

राजनीतिमा बाक्लै खेल हुन्छ अचेल,
पिरतीमा पनि धेरै, झेल हुन्छ अचेल ।
लोभ पनि अचाक्ली गर्छ उफ मान्छे,
मान्छे बिचमै पेलाम्पेल हुन्छ अचेल ।।

खै के जादु छ त्यो बोलीमा सुन्न आतुर हुन्छु,
जम्का भेटमा के के सवाल गुन्न आतुर हुन्छु ।
उनी भन्दा'नि माथि अरु छैनन् जस्तो लाग्छ,
र त सँगै यात्रानाप्ने सपना बुन्न आतुर हुन्छु ।।

अहमता भिरेर मान्छे कतिदिन फूल्न सक्छ,
आफ्नै मनलाई छल्दै कतिदिन झुल्न सक्छ ।
दुधको दुध पानीको पानी हुन्छ यहाँ एकदिन,
नसोच सत्यमा पर्दा हालेर, सधैँ डुल्न सक्छ ।।


0 comments

Post a Comment