गीत– सधैँ तिमी भन्दा
कसैलाई पनि न-लागोस् पिरतीको फन्दा,
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।
कहिले म त लेक पुग्छु, कहिले बेशी झर्छु,
तारा बिचमा छौकि भन्दै तिम्रै खोजि गर्छु ।
अनिदैमा प्रहर बित्छ नौ लाख तारा गन्दा,
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।
कहर फल्ने खोरिया पो भा छ जिन्दगानी,
तिम्रै यादको भरिया पो भा छ जिन्दगानी ।
आफ्नै रहर कहर बन्यो तिमी पराई बन्दा,
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।।
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।
कहिले म त लेक पुग्छु, कहिले बेशी झर्छु,
तारा बिचमा छौकि भन्दै तिम्रै खोजि गर्छु ।
अनिदैमा प्रहर बित्छ नौ लाख तारा गन्दा,
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।
कहर फल्ने खोरिया पो भा छ जिन्दगानी,
तिम्रै यादको भरिया पो भा छ जिन्दगानी ।
आफ्नै रहर कहर बन्यो तिमी पराई बन्दा,
जहर मीठो लाग्ने हो कि सधैँ तिमी भन्दा ।।
0 comments