तीन मुक्तक

यात्रामा हिजो कोहि अंगालो बने,
एकाकार बनेतापनि भंगालो बने ।
भाग्यकै खेल सम्झि भूल्न खोजेँ,
तर अतित नमेटिने संगालो बने ।।

थुपार घमण्ड फुर्सदमा आँशु बोक्न सघाउँछ,
हो यसले विश्वासको झ्याली ठोक्न सघाउँछ ।
सत्यलाई तीतो बनाउँछ अर्ति पच्न दिँदैन है,
स्वार्थ फलाई लोकहित काम रोक्न सघाउँछ ।।

झुक्नु र झुकाउँनु-को, सीमा नाघेपछि,
दब्नु याकि दबाउँनुको सीमा नाघेपछि ।
बिद्रोहका ज्वाला-मूखी फाट्छ तब पो,
ठग्नु याकि ठगाउनुको सीमा नाधेपछि ।।

0 comments

Post a Comment