तीन मुक्तक
तिमी हतार-मा थियौ, अन्तै बगेर गयौ,
रहरलाई बार्दै आफ्नै आत्मा ठगेर गयौ ।
बस भनेकै’थे यतै गल्ति भो, माफ देऊ,
तर बिरानो बस्ति-मा, दिल लगेर गयौ ।।
कलीयुगमा स्वार्थी मनको, बजार देखेँ,
झुट'कै खेती लाउने मान्छे, हजार देखेँ ।
रेटिए भन्छन् मान्छेहरु धेरै पिरतीमा,
हो मैले पनि पिरती-मा, धारै धार देखेँ ।।
हेलामा थिए त्यसै-ले तिम्रो, सद्भाव चाहान्थे,
तिमीदेखि निःस्वार्थ मायाको लगाव चाहन्थे ।
उल्टै तिम्ले’नि प्रयोग गर्यौ, तिम्रो खाँचोमा,
म हाम्रो सह-यात्रामा सदैव, झुकाव चाहान्थे ।।

0 comments