गीत– म त सधैँ

बिनागल्ति दोषी बने तिम्रो नजरमा माया,
म त सधैँ बसौ भन्थे तिम्रो अधरमा माया ।

किनारा भै पर्खि बसे खहरै भै उर्लि भाग्यौ,
कहाँ चुकेँ माया दिन, छाडेर बसाई लाग्यौ ।
म किन अटिन होला तिम्रो शहरमा माया,
म त सधैँ बसौ भन्थे तिम्रो अधरमा माया ।

बाटो मोडेर जानु पर्ने आधात कहाँ हुनु गो,
कोमल पो थियो मुटू कसोरी यो पत्थर भो ।
उठ्छन अनेकन प्रश्न, तिम्रो रहरमा माया,
म त सधैँ बसौ भन्थे तिम्रो अधरमा माया ।।

0 comments

Post a Comment