गजल
अधेरी त्यो रात बोकि नजिक नआउ,
आँखाभरि घात बोकि नजिक नआउ ।
के के ? होला फेरी यहाँ मै पो पग्लिए,
सु–कुमारी मात बोकि नजिक नआउ ।
लुट्नै खोज्छ सबै जना पाए अरुलाई,
लुटौ भन्ने हात बोकि नजिक नआउ ।
यी मन भन्छन् पिरतीका छेउ नपर्नु,
माया गर्ने बात बोकि नजिक नआउ ।।
आँखाभरि घात बोकि नजिक नआउ ।
के के ? होला फेरी यहाँ मै पो पग्लिए,
सु–कुमारी मात बोकि नजिक नआउ ।
लुट्नै खोज्छ सबै जना पाए अरुलाई,
लुटौ भन्ने हात बोकि नजिक नआउ ।
यी मन भन्छन् पिरतीका छेउ नपर्नु,
माया गर्ने बात बोकि नजिक नआउ ।।
0 comments