यात्रा सस्मरण– यलाखमदेखि गोरखा, बगुवासम्म
भूँईमा उज्यालो नखस्दै मोईलको घण्टी बज्यो । मोवाईल कानसम्म पुग्न नभ्याउँदै उताबाट आवाज आयो “दाई हामी त यहाँबाट निस्कि सक्यौ तपाई पनि छिट्टो आउनुस् है” मैले प्रति उक्तरमा हुन्छ भन्न साथ सम्वाद काटियो । माघ महिना भएकोले काठमाडौमा चिसोले अराजकता मच्चाई रहेको अवस्था थियो । जाडोको बेला हतपत कहाँ ओछ्यानसँग नाता तोड्न मनले मान्छ र ? तर पनि मैले उठ्नै पथ्र्यो । त्यस दिन हामी गोररखाको यात्रामा सख्खारै निक्लनु पर्ने बाध्यता थियो ।
विहानको नित्य कर्म सकेर म पनि नयाँ बसपार्कतिर हानिएँ । आधा बाटो छिचोलेको मात्र थिएँ फेरि मोवाईल करायो । उताबाट आवाज आयो दाई कता हुनुहुन्छ ? हामी त बसपार्क आई सक्यौ । बसपार्कमा गोरखासम्मको यात्रा भर्नका लागि केही समय पहिले कान्तिपुर प्रवास साप्ताहिक कतारमा आफ्नो कार्यकाल समापन गरेर नेपाल फर्कनु भएका कान्तिपुर कर्मी दिनेश रेग्मी ज्यू, कतारमै श्रम खर्चेर फर्कनु भएका श्रीकृष्ण राजबंशी तथा जो पटक पटक मेरो मोवाईललाई सास्ति दिई रहने महेश्वर नेपाल भाई मेरै पर्खाईमा थिए । हाम्रो भेट हुनासाथ हामी गोरखा जाने बसको टिकट काउण्टर भए तिर हानियौँ । काउण्टरबाट बिहान ८ः१५ को गोरखा जाने बसको टिकट हत्याउन हामी सफल भयौ । टिकटमा उल्लेखित नम्बरको बस खोजेर हामी तीन भाई बसमा उक्लियौ । महेश्वर भाई भने पछि इखालु रमेश गेलाल जीसँग भट्भटेमा आउने कुरा थाहा भयो । बसले बसपार्क छोड्नु पर्ने समय भएर होला बस गुड्ने तयारीमा लाग्यो । हामीलाई गोरखामा भेट्ने बाचा गर्दै महेश्वर भाई हामीबाट अलग्गिए ।
बसमा यात्रुहरु खासै भरिएका थिएनन् । बसपार्क प्रवेशद्धारलाई पछाडी पार्दै बस कलंकीतिर हानियो । रोक्दै यात्रु टिप्दै कलंकी, थानकोटलाई पछि पार्दै यलाखम खाल्डोलाई फेरि भेट्ने बाचा गरेर नागढुङ्गा पछि पार्ने हतारोमा थानकोटबाट ओरालो लाग्यो । नागढुङ्गा, नौबीसेलाई पछाडी पार्दै गल्छि पुगेर पेट पूजाका लागि बस रोकियो । ईच्छुक यात्रुहरुले पेट पूजा गरे । हामी तीन भाईलेपनि मज्जाले पेटको पूजा ग¥यौ । बस गोरखा बजारसँग भेट्न औधी हतारमा थियो । बस फेरि त्यहाँबाट दगुर्न थाल्यो । मनभरि कौतुहलको भकारी खाप्दै कतारबाट आएका धेरै साथीहरुसँग भेट्ने लिप्सामा रोमाञ्चित हुँदै मलेखु पुग्दा अचानक मोवाईल करायो । कतारबाटै फर्कनु भएका मित्र सन्तोष सगुन जीले सम्झिनु भएको रहेछ । गुल्मीबाट गोरखाकै लागि मुग्लिन आई पुगेँ भन्ने खवर आयो । मुग्लिनमा भेटेर त्यही बसमा गोरखा जाने निधो गर्दै सम्वाद रोकियो । जब बसले कुरिनघाटलाई पनि पछि बनायो मैले सन्तोष जीलाई सम्पर्क गरे । मुग्लिनको पेट्रोल पम्प अगाडी तम्तयार रहन सुसुचित गरेँ । बसले मुग्लिन पेट्रोल पम्प अगाडीबाट सन्तोष जीलाई पनि बोक्यो । हामी पुल तरेर खानी खोला हुँदै आँबु खैरेनी पुग्यौ । बसले धेरै दुरीलाई पछाडी पारी सकेको थियो । बस आँबु खैरेनीबाट मस्र्याङ्गदी पार गर्दै उकालो लाग्न थाल्यो गोरखा बजारलाई भेट्न ।
घडीले तीन बजेको संकेत गर्दैगर्दा बसका सहचालकले हामीलाई बस छाड्नु पर्ने सुचना दिए । हामीले त्यो बसको सीटलाई त्यहाँ सम्मका लागिमात्र किनेका रहेछौ । बस हतारमा थियो उसले अझै केही दुरीलाई पछाडी पार्नु थियो । तबमात्र उसले त्यो दिनको मजदुरी सक्थ्यो । हामी चार भाई आज्ञाकारी बालक झै आ–आफ्नो ब्याग च्याप्दै बसबाट गोरखाको हरामटारीमा उत्रियौ । हाम्रो गन्तव्य स्थान पुग्नकालागि हामीले फेरी अर्को बसलाई किन्नु पर्नेरहेछ । हाम्रो गन्तव्य स्थल तर्फ जाने बसको बासस्थान सोध खोज गरेर त्यहाँ पुग्यौ । उता जाने बस भाग्ने तयारीमा जुटिरहेको थियो । त्यो बसमा सिट खाली नभएकोले दिनेश सरले नजाने अडान लिनु भयो । अर्को बस एक घण्टा पछाडीको रहेछ । हामी चारै भाईले त्यो बस सगोलमा किन्यौ । टिकट लिएर हामी पेटमा चारो हाल्न होटेलको खोजीमा निक्लियौ । सबैले चाउमिन खाने सल्लाह मिल्यो । चारो हाल्ने काम सकियो । बस छुट्न अझै समय बाँकी रहेकोले हरामटारी बजारतिर चारै भाईले एक फन्को लगाईयो । तबसम्म केहि समय मात्र बाँकी रहेकोले हामी उता जाने बसपार्क तिर लाग्यौ ।
गोरखा बजारबाट उता जाने त्यो दिनको अन्तिम बस भएकोले बसमा यात्रुहरुको बाक्लो उपस्थिति थियो । हामी पनि आफ्नो सिटलाई कब्जा गर्न बसमा चढ्यौ । यात्रु बाहक बस भएतापनि त्यताका बसले माल बाहकको पनि काम गर्दो रहेछ । सायद ट्रकलाई आराम दिनका लागि होला । बसभित्र यात्रु हिड्ने प्यासेजभरि दायाँ बायाँका सिटै ढाकुँला भने जसरी चामलका बोराहरु खाँदिएका थिए । धुले बाटो त्यै माथि बसको क्षमता भन्दा बढि बोझ । एक पल्ट त त्यहाँ जाँदाको सारा उमंग भूलेर कुन खाल्टोमा आज भरिने परियो भन्ने तर्कनाले मज्जाले गाँज्यो । चार भाईको सिटमाथि अरुले नै हैकम जमाई सकेको अवस्था भएकोले सहचालकलाई हाम्रो सिट मिलाई दिनका लागि आग्रह ग¥यौ । हाम्रो सिट पायौ । बस हिड्यो । बिहान बसपार्कमा हामीसँग चुडिएका महेश्वर भाई गेलालजीको भट्भटेमा गोरखा हस्पिटल चोकमा भेट्न आई पुगे । हाम्लाई बिस्तारै आउनु भन्दै भट्भटेको कान निमोठ्दै हामी चढेको बसलाई पछाडी पारेर अगाडी दगुरे ।
हाम्रो गन्तव्य स्थानको नजिक हुँदै थियौ तर दिन चाही रातमा ढल्दै थियो । हाम्रो गन्तव्य हामी चारै भाईको लागि अज्ञात थियो । बस छाड्नुु पर्ने ठाउँको नाममात्र थाहा थियो । त्यो ठाँउ यहि हो भनेर हामी लगाएत बसमा धेरैलाई थाहा थिएन । नाम पनि अचम्मकै माछा र पोखरी बिनाको माछा पोखरी । त्यहाँ नजिकका स्थानिय बाहेक अरु बटुवालाई खासै जानकारी नभएको । जल्दो बल्दो दिनलाई क्वाप्लाक्कै निलेर रातले आफ्नो साम्राज्य फैलाउन थालि सकेको थियो । बसमा बक्ति बले । बस आफ्नै गतिमा गीत गाउँदै दगुर्दै थियो । म भने एक पोका भएर बसेको थिए । उसै त मोटो मान्छे अलिक जीउ फुकाएर पनि बस्न नमिल्ने ठाँउ मेरो भागमा जुरेको थियो । म बसेको सिटको पछाडीको भाग बिरामी परेको रहेछ । त्यो सिट भन्दा पछिल्लो सिटमा बस्ने त झन यात्रु नै पो बिरामी । यसो बस उफ्रिदा अडेस लाग्न पुग्थे पछाडीबाट आफू च्यापिएँ भन्ने जानकारी आउथ्यो । फेरीमा एक पोका बन्थेँ । कुनै बस्ति आउना साथ मेरो कामना हुन्थे यही भै दिए माछा पोखरी । यस्ता यस्तै कामना गर्दा गर्दै बस गोरखा, बगुवा– ६ शहिद शान्ति श्रेष्ठ प्रतिक्षालय अगाडी रोकियो । हामीलाई लिन त्यहाँ हामी भन्दा अगाडी पुगेका केही साथीहरु लगाएत राजेश्वर ढकाल बाबु गोर्खाली भाई तैनाथ भेटिए । हामी बसबाट ओर्लियौ । बस यात्रा जे जस्तो भएतापनि सुरक्षित सफल हुनु र हितैषीहरु सँग जम्का भेट हुनु–ले होला हामी चारै भाईका मुहार चम्किएका थिए ।
अभिवादन आदान प्रदान भए पश्चात हामी बाबु भाईको पछाडी लाग्यौ । बाबु भाईको घर सडक भन्दा केही मिटर तल पर्दो रहेछ । हामी बाबु भाईकै न्यानो निमन्त्रणा पाएर त्यहाँ पुगेका थियौ । यो सम्पूर्ण यादगार पलका परिकल्पनाकार तथा संयोजकको श्रेय बाबु भाईलाई दिँदा न्याए सम्वत् हुनेछ । हामी घरमा पुग्यो । घरको आगनमा जग्यको मण्डप तयार गर्नमा ब्यस्त थिए एक जना पंडित बाजे । भोलिपल्ट बाबु भाई एक भट्ट थरकी सुकन्यासँग बैवाहिक जीवनमा बाँधिदै थिए । हाम्रो लागि तल्लो घरमा दुईवटा कोठा बन्दोबस्त गरिएको थियो । हामी कोठामा पुग्यौ । कोठामा पूर्वतिरबाट आएका साथीहरु रेगिस्थानी कवि तिर्थ संगम राई, कवि सेलिङ्ग केसी, कवि महेन्द्र अदृष्य राई, गजलकार कृष्ण क्षितिज राई र पोखराबाट आएका गजलकार सोम थापा भाई भेटिए । यी सबै मनुवाहरु रेगिस्थानी बस्तिमा साहित्यिक कार्यक्रमको बहानाले प्राय बाक्लै भेटिन्थे । केही साथीहरु रेगिस्तान नफर्कने गरि घरदेशमा फर्केका थिए । लामो समयान्तरालको यो भेटले हामी सबैलाई हर्षित पार्नु स्वभाविकै थियो । त्यहाँ जम्का भेट भएका अनुहारहरुमा हर्षोल्लास र आनान्दाभुति प्रष्ट पढ्न सकिन्थ्यो । बिहे घरमा हामी लगाएत अरु पनि पाहुना थिए । केही समयको भलाकुसारी पश्चात पेट पूजाका लागि निम्तो आयो । हामीले गफिदै पेट पूजा ग¥यौ । राती अबेर सम्मै हामी गफिदैँ बस्यौ । कति बेला निन्दा देविले छक्याएर आफ्नो कैदमा पारिन् थाहै भएन ।
झिसमिसे हुन पाएकै थिएन पञ्चे बाजाको धुन कानमा ठोक्कियो । तन्द्रा बिथोलियो । उठेर हात मुख घोयौ सबैले । हाम्रो टोलीलाई जलपानको निम्ता आयो । जलपान पश्चात हाम्रो टोली जन्ती जाने तयारीमा जुट्यो । अगाडी–अगाडी पञ्चे बाजा त्यसपछि बाबु भाई र हामी । बाबु भाईको घरबाट बेहुली घर तर्फ लागियो । बाबु भाई कारमा सवार थिए । हामी पैदल । बिहे घरबाट अलिक पर पुगे पछि केही साथीहरु कानेखुशी गर्न थाले । बेहुली घरसम्म पुग्न पेट्रोल हाल्नुपर्छ भन्ने सल्लाह भयो । रेगिस्तानी कवि, सेलिङ्ग केसी, महेन्द्र अदृष्य राई, कृष्ण क्षितिज राई, सन्तोष सगनु र म जन्ती टोलीबाट च्यातियौ । सकडमाथिको पसलमा छि¥यौ । हामीले हाल्ने पेट्रोल आयो । साथीहरुलाई सडक छेउ पसल त देख्नै नहुने पेट्रोल हाल्नै पर्ने । अलिक अगाडी पुग्दा दिनेश सर भेटिनु भयो । उहाँ पशुपतिको जात्रामा सिद्राको ब्यापार गर्दै बस्दा पछि पर्नु भएको रहेछ । पेट्रोल थप्दाथप्दै हामी धेरै पछि परिसकेका थियौ । हामीलाई बाबु भाईले धेरै पछि पारे । उताबाट गोरखा जाने बस आयो । बसको आगमनले हामीलाई हदै सम्मको राहात मिल्यो । झिंगटीमा हाम्लाई छाडेर बस गोरखा तर्फ लाग्यो । हामीले जानुपर्ने आहाले तर्फ थियो । जन्ती त्यही भेटियो । पसल देख्नासाथ छिर्नुपर्ने आदतले फेरि पछि परियो । हामीमा पेट्रोलले प्रभाव पार्न थालि सकेको थियो । हाम्रो टोली च्यातिर चार जना भएका थियौ । कुरै कुरामा सेलिङ्ग केसीले भने हैन हाउ साथीहरु यस्तो मीठो चीज मैले पहिले किन पिएन छु । सम्झँदा पनि दुःख पो लाग्छ अहिले त । फेरि थपे । मैले नपिएको देखेर मेरो पितृ–पूर्खाहरुले सपनामा नमज्जासँग हकारे नि हाउ । तैले हाम्रो इज्जत फालिस, कूलको बद्नाम गरिस् । तँ पिउँदैनस् भने अब तैले हाम्लाई पूर्खा मान्नु पर्दैन । त्यस पछिबाट पिउँन थालेको । अब त म किन पो छाडुँला । यस्ता–यस्तै कुराको लौरी टेकेर हामीले झिंगटी, आहाले हुँदै बेहुली घरसम्मको यात्रा नाप्यौ ।
बेहुली घरमा गरिनुपर्ने कर्म काण्ड सकिएपछि बाबु भाईलाई “पाले पूण्य मारे पाप” भन्दै बेहुलीका आमा–बुबाले बेहुली जिम्मा लगाए । बाबु भाई दंग देखिन्थे । नहुपनि कसरी अर्कोले हुर्काई, बढाई र पढाई गरेर राखेको छोरी दिएपछि । जन्ती फर्किने बेला भयो । अगाडी– अगाडी पञ्चे बाजा त्यसपछि बाबु भाई बेहुली त्यसपछि जन्तीहरुको लर्काेका टोलीले बाबु भाईको घरलाई निसाना पारेर बाटो नाप्न थाल्यो । बाबु भाई रोई रहेकी बेहुलीलाई फकाउनुमा ब्यस्त थिए । हाम्रो टोली भने सुटुक्कै अगाडी बढ्यो । बाबु भाई र अरु जन्तीलाई बिस्तारै आउनु भन्दै हामी कुलेलाम ठोक्यौ । हामीले बिहान छिरेको पसलहरुमा हाजिरा दिनु पर्ने थियो । तसर्थ पनि हामी हतारिएका थियौ । बिहान छिरेको पसलहरुमा हाजिरा जनाउँदै हामी बाबु भाईको घर नजिक पुगि सकेको थियौ । बाबु भाई र जन्तीहरु हामी भन्दा धेरै पछाडी छोडिएका थिए । मानौ हामीले बिहानको पैंचो फर्काउँदै छौ । सडक मुनिको पसलमा महेश्वर भाई बोले जस्तो लाग्यो । दिनलाई रातले निली सकेकोले आकृतिलाई चिन्न सक्ने अवस्था थिएन । हामी रोकियौ । मेरो अनुमान ठिक रहेछ । महेश्वर भाई हल्लिदै हामीलाई पसलमा झर्नै पर्छ भन्दै ल्याङ्गल्याङ्ग गर्न थाले । महेश्वर भाई र गेलाल जीले हाम्लाई पनि उछिनेर हाम्रै पाराले त्यहाँ सम्म आईपुगेका रहेछन् । हल्का दुबै जना रंगिएका थिए । अब भने त्यहाँ भन्दा अगाडी नजाने बाबु भाईलाई पर्खेर सँगै जाने हामीमा सहमति बन्यो । हामी त्यही बाबु भाईलाई पर्खन थाल्यौ । बेहुला बेहुलीलाई लिएर बाँकि जन्ती त्यहाँ आईपुगे । हामी पनि सडकमा उक्लियौ ।
त्यो साँझ त्यहाँ हामीले नव दम्पतिलाई बधाई तथा शुभकामना दिँदै साहित्यिक वाचन कार्यक्रम गर्ने निधो गरेका थियौ । खानपिन पश्चात शुभकामना तथा वाचन कार्यक्रममा लागियो । बेहुला बेहुलीलाई विशेष श्रोता बनाएर हाम्रो कार्यक्रम शुरु भयो । हामी लगाएत त्यहाँका केही भाई बहिनीहरुले नवदम्पतिलाई बधाई र शुभकामना दिँदै आ–आफ्ना रचना गजल, कविताहरु वाचन गरे । झट्ट हेर्दा र देख्दा “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भने जस्तो भएतापनि त्यो शुभ र सुखद पललाई साहित्यमय बनाईनु–ले सुनमा सुगन्ध थपिएको अनुभूत गरेँ । त्यहाँ उपस्थित श्रोताहरुको हौषला र समर्थनले पनि यो कुराको बलियो पुष्टि गरेको थियो । त्यो खुशीको पल, छिप्पिदै गरेको रात अनि छिटफुट बर्षाले त्यहाँ सबैलाई रसिक बनाएको क्षण अहिले पलपल आईरहेको छ । संयोग पनि कस्तो भयो भने यो सम्झना उनी राख्दा टीकाको भोली पल्ट बाबुले ‘ससुरालीमा टीका थापिरहेको फोटो’ फेसबुकमा अपलोड गर्न भ्याई सकेछ । गोरखा गएको हिजो जस्तो लाग्थ्यो ९ महिना भइसकेछ ।
रामेछाप, रामपुर– ८
हाल : रेगिस्तानी बस्ति, दोहा, कतार ।

0 comments