गीत– मायागर्ने बहानामा
तिमी दोषी भन्दिन म, दोषी मै पो थिएँ हुँला,
मायागर्ने बहानामा तिम्लाई सास्ति दिएँ हुँला ।
यो मन भन्थ्यो हर मौसम तिम्लाई खुशी देखुँ,
तिम्रो मुस्कान बचाई राख्न पीडालाई म छेकुँ ।
आफू हाँस्ने हतारोमा, तिम्रो खुशी लिएँ हुँला,

त्यतै कतै चुकेँ म त, तिम्रो खुशी खोज्ने बेला,
तिम्लाई पुज्ने मान्छेपनि त्यसैले त भयो हेला ।
बाँच्नु पर्ने चटारोमा, फरक जीवन जिएँ हुँला,
मायागर्ने बहानामा तिम्लाई सास्ति दिएँ हुँला ।।

0 comments