गजल
लेख्दैछु यो कथा हिजो लेख्न भुलेको,
जन्मे नेपाली'भै अहो ! भाग्य खुलेको ।
रौसिन्छ जो फाँट हेरे कोही शरदमा,
पहेँलपुरै भएर धानको बाला झुलेको ।
हेर्दा स्वर्गै देखिन्छ यहाँ पाखा पखेरा,
भीरकन्दरामाथि लाली गुराँस फूलेको ।
मरेर पनि मिलुँ, म त यहि माटोमा,
रगत भरि देशको मायाछ है घुलेको ।।
जन्मे नेपाली'भै अहो ! भाग्य खुलेको ।
रौसिन्छ जो फाँट हेरे कोही शरदमा,
पहेँलपुरै भएर धानको बाला झुलेको ।
हेर्दा स्वर्गै देखिन्छ यहाँ पाखा पखेरा,
भीरकन्दरामाथि लाली गुराँस फूलेको ।
मरेर पनि मिलुँ, म त यहि माटोमा,
रगत भरि देशको मायाछ है घुलेको ।।
0 comments