गीत– जीवन
जस्ले जस्तो मान्यो यहाँ त्यस्तै हुन्छ जीवन,
रगत रातो कोही हाँस्छन् कोही रुन्छ जीवन ।
कोही जीवन घातमा पनि हाँसेकाछन् यहाँ,
अदृस्य ती घाउलाई मिच्दै बाँचेकाछन् यहाँ ।
हाँस्छ बाँच्छ सहि बाटो जस्ले चुन्छ जीवन,
कर्तव्यलाई जस्ले भूल्छ त्यस्कै रुन्छ जीवन ।
घाम पानीलाई पच्नुपर्छ अनि जीवन फूल्छ,
आशा बोक्ने भरियाको साथमा खुशी डुल्छ ।
सहासीलो पाईला हुँदा शिखर छुन्छ जीवन,
आशा फाल्ने रहर मार्ने त्यस्कै रुन्छ जीवन ।।

0 comments