गीत– सोझो मनमा

यो धरतीमा कति मान्छे झूटको खेती गर्छन्,
सोझो मनमा रहर जगाई अर्कै बस्ति सर्छन् ।

त्यहि एउटा सानो झूटले, कोही बर्बाद हुन्छ,
हाँस्ने रहर जीवित छँदै हरदम यादमा रुन्छ ।
पराई भागको खुशी लुट्न असिना भै झर्छन्,
सोझो मनमा रहर जगाई अर्कै बस्ति सर्छन् ।

जस्लाई जति लुट्दापनि जाने आखिर खाली,
अजम्वरी को बन्छ यहाँ इमान जमान ढाली ।
कसम खान्छन् सँगै जीउने एक्लै पारी तर्छन्,
सोझो मनमा रहर जगाई अर्कै बस्ति सर्छन् ।।

0 comments

Post a Comment