गजल

कोहि थियो फल्नु भन्ने अनि पो म फले,
तिम्ले भन्यौ गल्नु मलाई त्यसैले म गले ।

खुशी लियौ कहर छाड्यौ मेरोलागि प्रिय,
हिजो भन्छ जल्नुपर्छ अतित सम्झि जले ।

नचाहेनि कति ठाउँमा आकार फेर्नु प¥यो,
जस्ले जता ढल्नु भन्छन् त्यतै आफू ढले ।

बाँच्नु पर्ने वाध्यता भो धरती माथि मेरो,
आशा ब्यूँझि पल्नु भन्छ पालुवा झै पले ।।

0 comments

Post a Comment