गीत– संसार तिमी थियौ ।

जिन्दगीमा मैले हाँस्ने आधार तिमी थियौ,
मेरोलागि एउटै सुन्दर संसार तिमी थियौ ।

सपनाको बिस्कुन हाले तिम्रै बनि जिउने,
तिमी गयौ सपना फाटे अब केले सिउने ।
सपना देख्थे खुशी भर्ने बहार तिमी थियौ,
मेरोलागि एउटै सुन्दर संसार तिमी थियौ ।

नखोजेको कहाँ हो र ? फाटेको मन सिउन,
मेरै आत्मा हुन्न भन्छ तिमी बिना जिउन ।
आशा भर्ने जागर थप्ने हुँकार तिमी थियौ,
मेरोलागि एउटै सुन्दर संसार तिमी थियौ ।।

0 comments

Post a Comment