गीत– रोकिदैन मेरा पाईला

रोकिदैन मेरा पाईला निर्मोहीको जालमा परी,
लम्किनेछ शिखर पुग्न आँधी हुरी तुफान सरी ।

मनमा अर्कै मुखले भने दुरुस्तै पो पारि दिन्थी,
गोहीको’भैm रै’छ आँसु मैले दुख्दा झारि दिन्थी ।
रुपमा सुन्दर भए पनि मनको कालो कठै बरी,
रोकिदैन मेरा पाईला निर्मोहीको जालमा परी ।

गला रेट्ने फूल सम्झि किन मैले ब्यर्थै जल्नु,
हिजोसँग पाठ सिकेर जाती हुन्छ आज फल्नु ।
नयाँ सपना सजाउँछु जीवन धान्न पुग्ने गरि,
रोकिदैन मेरा पाईला निर्मोहीको जालमा परी ।।

0 comments

Post a Comment