गीत– गयौ तिमी

तिमी थियौ जिन्दगीमा खुशी पनि थियो,
गयौ तिमी खुशी गयो निरस जूनी दियो ।

अंगालोमा तिमी हुँदा लाग्थ्यो केही गरौ,
जिन्दगीका बाजि जित्न भावसागर तरौ ।
छानी छानी नियतीले सारा सपना लियो,
गयौ तिमी खुशी गयो निरस जूनी दियो ।

साथ दिन्न ओठले पनि हाँस्न खोजेँ भने,
हेर्दाहेर्दै मेरो जिवन जिउँदो लाशझै बने ।
पिरतीले पीडा छाडि मुस्कान सबै पियो,
गयौ तिमी खुशी गयो निरस जूनी दियो ।।

0 comments

Post a Comment