छाती भित्र नेपाल छ

छाती भित्र नेपाल छ जता बगे पनि,
बैरीलागे यै छातीले छेक्छु ढाल बनि ।

पुर्खाको त्यो शानलाई गल्न दिनेछैन,
प्यारो माटोमाथि बैरी चल्न दिनेछैन ।
हेप्नचेप्न खोजे भने ढाल्छु गनि गनि,
बैरीलागे यै छातीले छेक्छु ढाल बनि ।

हर-भरा डाँडा काँडा नागबेली खोली,
सयौथरी फूलको छ यहाँ एकै बोली ।
विश्वमाझ सम्पदामा मेरै देश धनी,
बैरीलागे यै छातीले छेक्छु ढाल बनि ।।

0 comments

Post a Comment