तीन मुक्तक
अतित ब्यूझिन्छ वर्तमान दुख्छ,
मुस्कानी ओठबाट खुशीनै लुक्छ ।
भविश्य स्वर्णिम बनाउन खोज्छु,
तर किन अनायसै पाईला रुक्छ ।।
बियोगको यो घडी आँसुको अनिकाल,
मित्थ्या भ्रम रहेछ हजुरको मायाजाल ।
त्यता पनि सुकोस् यता आँसु सुक्यो,
कामना ती नयन नबनोस् फेवाताल ।।
अनाहकमा पो म झुकेछु बल्ल थाहा भयो,
निर्मोहीको यादमा दुखेछु बल्ल थाहा भयो ।
केही असल कामले माटो सिंगार्नुपर्ने मैले,
जिम्मेवारी भूलेर लुकेछु बल्ल थाहा भयो ।।
मुस्कानी ओठबाट खुशीनै लुक्छ ।
भविश्य स्वर्णिम बनाउन खोज्छु,
तर किन अनायसै पाईला रुक्छ ।।
बियोगको यो घडी आँसुको अनिकाल,
मित्थ्या भ्रम रहेछ हजुरको मायाजाल ।
त्यता पनि सुकोस् यता आँसु सुक्यो,
कामना ती नयन नबनोस् फेवाताल ।।
अनाहकमा पो म झुकेछु बल्ल थाहा भयो,
निर्मोहीको यादमा दुखेछु बल्ल थाहा भयो ।
केही असल कामले माटो सिंगार्नुपर्ने मैले,
जिम्मेवारी भूलेर लुकेछु बल्ल थाहा भयो ।।
0 comments