गजल

सामिप्यमा हुन्थ्यौ जब अधेरी रातहरुमा,
अनायसै कम्पन हुन्थे बलिया हातहरुमा ।

सबै भूली आलिङ्गनमै कसिदै जाने बेला,
जूनकेरीले डाहा पोख्थे वरपर पातहरुमा ।

न त कुनै बिरोधहरु, न कुनै सीमा हुन्थे,
सहमति बन्दो रै’छ कामातुर बातहरुमा ।


अझैपनि रौसिन्छु म बितेका कुरा सम्झे,
बिना शर्त सारा भयो बैशालु मातहरुमा ।।

0 comments

Post a Comment