तीन मुक्तक

सुवास बिना फूलहरु फूल्न थाले अचेल,
आदमखोर भै मान्छे डुल्न थाले अचेल ।
जताततै बलियाकै हैकम चल्न थाल्यो,
मान्छेहरु मानवतानै भूल्न थाले अचेल ।।

खुशी सारा तिम्ले लग्यौ अनि पो म हाँस्न सकिन,
खै कस्तो घाऊ बिनाकै चोट लगायौ मास्न सकिन ।
टुटे फुटेका सपना जाडेर फेरि नयाँ सपना सजाउँदा,
तिम्रै विम्ब देख्छु र पो अन्त नाता गाँस्न सकिन ।।

सम्झनाले छाती जलाउँदा सधैँ शीतल जूनलाई हेर्छु,
यस्तै छ यहाँको चलन फगत पिसिने घुनलाई हेर्छु ।
यो ज्यान बाँच्यो भने पो उनको खुशी देखौला मैले,
त्यसैले केस्रा केस्रामा उनले लगाएको गुनलाई हेर्छु ।।

0 comments

Post a Comment