जिन्दगीका खुशी

स्वार्थ रहित सम्वन्ध जो टुटे पनि भूल्नै गाह्रो,
जिन्दगीका खुशी सारा लुटे पनि लुट्ने प्यारो ।

सम्झनाका बर्षात हुँदा त्यो परेली भिजे पनि,
चोखोमाया बाँच्छ सधैँ मुटूभित्र धड्कन बनि ।
खप्छन् बरु हजार पीडा पिरतीको हुन्न तारो,
जिन्दगीका खुशी सारा लुटे पनि लुट्ने प्यारो ।

यादहरुको पर्खाल नाधी खोज्दैनन् भाग्न पनि,
नयनभरि एउटै विम्ब सजाउँछन् मनका धनी ।
पर्खाईसँगै जूनी काट्दा लाग्दैनरे थकाई सारो,
जिन्दगीका खुशी सारा लुटे पनि लुट्ने प्यारो ।।

0 comments

Post a Comment