तीन मुक्तक
जादु थियो उस्को बोलीमा,
ज्यान परे उस्कै झोलीमा ।
शरण पर्दा मरण पो दिईन,
दुईदिने हाम्रो यो चोलीमा ।।
मनले यो मन जब छुन्छु तिम्रो याद आउँछ,
दोबाटोमा एक्लै जब हुन्छु तिम्रो याद आउँछ ।
नखोजेको कहाँ हो र सम्झनालाई पाखा पार्न,
तिम्लाई भूल्ने रहर बुन्छु तिम्रो याद आँउछ ।।
आफ्नै मनलाई छल्दै यो जिन्दगी चलाउँदैछु,
आशा हाली खुशी खोज्दै फेरि पनि पलाउँदैछु ।
तिम्रै खुशी चाहेँ मैले तिम्ले भने आँसु दियौ,
त्यै आँसुले सिचाई गर्दै धेरै खुशी फलाउँदैछु ।।

0 comments