गजल

समाजमा चोखोहुन झूटा आरोप लायौ तिम्ले,
माया दिने मायालुकै सारा खुशी खायौ तिम्ले ।

घरै भरि खुशी सार्न लाखौ कोशिष गर्दा गर्दै,
भत्काएरै सुन्दर संसार अर्कै घर छायौ तिम्ले ।

कालो कर्तुत पर्दा भित्र छोपिएको बेला सम्म,
उस्लाई सधै गोरुजस्तै बहानामा दायौ तिम्ले ।

आँखा हुने अन्धा छल्यौ मरि जाने जिन्दगीमा,
खाली हातै जानुपर्छ आखिर केनै पायौ तिम्ले ।।

0 comments

Post a Comment