गीत– तिम्रै नाममा

युग-युगसम्म माया मेरो तिम्रैलागि हो,
तिम्रै नाममा धड्कि दिने एउटै मुटू यो ।

हाम्रो मिलन हुन्छ सोच्नु भ्रमै हुन्छ तर,
किन कुन्नि जिन्दगीमा तिमै लाग्छ भर ।
जति पाउँछु चोला मैले तिम्रै लागि भो,
तिम्रै नाममा धड्कि दिने एउटै मुटू यो ।

मेरो चाहा छँदै छैनन् तिमी भन्दा पर,
तिम्रैलागि म बाँचुला सक्छौ अन्तै चर ।
छाती भित्र डोब छ अझै तिमी बसेको,
तिम्रै नाममा धड्कि दिने एउटै मुटू यो ।।

0 comments

Post a Comment