गजल

 मन कतै गए पनि सँगै चर्ने तिमीनै’थ्यौ,
रिसाएरै भए पनि माया गर्ने तिमीनै’थ्यौ ।

फूल्थे मेरा रहर राताम्मे भै यो बस्तिमा,
मौलिउँदो रहरमा लाली भर्ने तिमीनै’थ्यौ ।

लाग्थेन थकाईनै जिन्दगीको भारी खेप्दा,
जोसिलो बनाएर थकान हर्ने तिमीनै’थ्यौ ।

अर्म पर्म मेला रमाईलोमै बिति जान्थ्यो,
मीठा सम्वाद गर्दै बेशी झर्ने तिमीनै’थ्यौ ।

हिजो आज म एक्लै निदरीमा सयरगर्छु,
हर रात सपनीमा देखा पर्ने तिमीनै’थ्यौ ।।

0 comments

Post a Comment