तीन मुक्तक

खोक्न पाएँ भन्दैमा, अति नखोक्नु है साथी,
चरित्र त एउटै राम्रो दोहोरो नबोक्नु है साथी ।
हेर यहाँ पवन, पानी आगोमा दैविक शक्ति छ,
पूण्यकालागि धामको पत्थर नढोग्नु है साथी ।।

जिन्दगीमा कहिले काही नचाहे-रै फाट्नु पर्छ,
फाटे पनि मेसो मिलाई आशालाई बाट्नु पर्छ ।
आफ्नै मन हो, शत्रु त्यसै-ले केही उधम गर्न,
जोरी खोज्ने आफ्नै मन बेलाबेला ढाँट्नु पर्छ ।।

जिन्दगी भन्नु के छ र आज हो कि भोली हो,
आउँदैन’नि फेरि फर्केर यो संसारमा चोली यो ।
मानवता-नै भूल्दै छन् श्रृष्टि सिगार्ने मान्छेहरु,
बुद्धको यो देशमापनि रगतै रगतको खोली भो ।।

0 comments

Post a Comment