तीन मुक्तक
छुट्न चाहने साथलाई छुटाएरै बाँचे,
लुट्न खोजे खुशी मेरो लुटाएरै बाँचे ।
नियतिले गर्नु गर्यो मेरो जिन्दगीमा,
तरपनि अदम्य साहस जुटाएरै बाँचे ।।
हिजोको भोगाई–ले शंका पाल्नु भन्छ,
भर हुन्न मान्छेको सक्दो चाल्नु भन्छ ।
भोगाईमा जिन्दगीले पीडा दियो यहाँ,
मर्द होस् भने तैले सारा गाल्नु भन्छ ।।
खोसिएका मुस्कानलाई फेरि जम्मा गर्छु,
उदासी जिन्दगीमा अब इन्द्रेणी रंङ्ग भर्छु ।
हिजो जति खति भयो राम्रैकालागि भयो,
मेरो भोगाई हतियार बनाई चेतना छर्छु ।।
लुट्न खोजे खुशी मेरो लुटाएरै बाँचे ।
नियतिले गर्नु गर्यो मेरो जिन्दगीमा,
तरपनि अदम्य साहस जुटाएरै बाँचे ।।
हिजोको भोगाई–ले शंका पाल्नु भन्छ,
भर हुन्न मान्छेको सक्दो चाल्नु भन्छ ।
भोगाईमा जिन्दगीले पीडा दियो यहाँ,
मर्द होस् भने तैले सारा गाल्नु भन्छ ।।
खोसिएका मुस्कानलाई फेरि जम्मा गर्छु,
उदासी जिन्दगीमा अब इन्द्रेणी रंङ्ग भर्छु ।
हिजो जति खति भयो राम्रैकालागि भयो,
मेरो भोगाई हतियार बनाई चेतना छर्छु ।।
0 comments